भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बौलाही युवतीको प्रेमगीत / सिल्भिया प्लाथ / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:00, 10 दिसम्बर 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

“मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ,
म परेला उठाउँछु र फेरि सबै जन्मन्छन्‌।
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)
 
ताराहरू रातानिला भएर नाच्न थाल्छन्
र छरिएको अँध्यारो त्यसैमा पसेर बिलाउँछ:
मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ।
 
तिमीले मलाई ओच्छ्यानमा लडाएको
जूनको गीत सुनाएको र म्वाई खाएको सपना देखेँ मैले
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)
 
आकाशबाट ईश्वर झर्छ, नर्कको आगो मधुरो हुन्छ-
देवदूत र दैत्यहरू निस्कन्छन्‌-
मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ।
तिमीले भनेझैँ तिमी फर्किनेछौ भन्ने ठानेँ मैले
तर म बुढी भएँ र तिम्रो नामै बिर्सिएँ।
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)
 
बरु मैले चट्याङचरो चिलसँग माया लाएकी भए हुनेरैछ
जे भए नि वर्षा लागेपछि फर्किएर गर्जिन त गर्जिन्छन्‌ ती !
मैले आँखा चिम्लँदा सम्पूर्ण जगत मर्दछ।
(तिमी मभित्र समाहित भएझैँ लाग्यो मलाई)”

...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।