Last modified on 6 मई 2021, at 07:58

सधैँभरि तिमीलाई / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:58, 6 मई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सधैँभरि तिमीलाई माया गरिरहूँ यस्तै
तिमी निदाइरहू यस्तै, म हेरिरहूँ यस्तै

गुलाफका दुई कोपिलाझैँ जोडिएका ओठहरू
सुवास छर्दै वरिपरि छरिएका केशहरू
मिठामिठा सपनामा हराएका आँखाहरू
लजाएर सपना मै मुस्काएका भाकाहरू
मौन रही तिमीलाई म पढिरहूँ यस्तै
तिमी निदाइरहू यस्तै, म हेरिरहूँ यस्तै

सुकोमल यी हात गोडा हरेक अङ्ग ईश्वर
मेरो प्रेम धर्मको यही नै हो मन्दिर
प्रकृतिको सुन्दरतम् रचना तिम्रो शरीर
अङ्गअङ्ग चुम्नलाई यी आँखा मेरा अधीर
यो रूप हेर्न जीवन भर म जागिरहूँ यस्तै
तिमी निदाइरहू यस्तै, म हेरिरहूँ यस्तै