सबै पीर गर्छन्, अहिले यस्तो ठानी
तिमी भए मेरो सुध्रिथ्यो बानी।
सधैँ नै छु म त मदहोस यस्तै
मातेको मात्यै भयो जिन्दगानी
तिम्रो अँगालो मेरो साथ भए
झनै मातिन्थ्यो या सुध्रिथ्यो बानी?
तिम्रै मातले लिई जान्थ्यो होस
यौवनको मात, प्रीतको नानी
नपिएरै रक्सी म मातेर हिँड्थेँ
झनै मातिन्थ्यो के सुध्रिथ्यो बानी !