मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने
नेपाली वीर जस्तो नेपाली धीर जस्तो
मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ
अहिलेसम्म भोगेको मैले मेरै घाम-छायाको बास छ
मेरो टोपी मैला होइन यही माटोको टीका लागेको
मेरो टोपी गाउँलेको शिरमाथि मेरो टोपी लाहुरेको शिरमाथि
ठूलो सानो जान्दैन यो भेदभाव मान्दैन यो मेरो टोपी
सुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि
धावा धावा अखडाभित्र मेरो टोपी लड्दै थियो
सगरमाथा उँभो पनि मेरो टोपी चड्दै थियो
मेरो टोपी खाज्दै गएँ सागरदेखि सगरसम्म
जहाँ पनि जहिले पनि यो त अधि बड्दै थियो
मेरो टोपी हितैको साथी जस्तो, आमाको छाति जस्तो
दुःख सुखमा काम लाग्ने, नेपालीको नाम राख्ने
मेरो टोपी आफ्नो सन्तान चिन्हाउने जन्मैको पाती जस्तो