भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
म दूर भएर के भो / अम्बर गुरुङ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:22, 5 सितम्बर 2021 का अवतरण
म दूर भएर के भो, अभिशाप छाएर के भो' !
यति रोएँ जिन्दगीमा, कि फेरि रोएर के भो' !
जति भावना छन् सबै, रित्ता छन यति रित्ता
ती जागरणका सामुन्ने, उत्साह छन् रित्ता-रित्ता
तिम्रो साथ छुटेर के भो, नयाँ हात पाएर के भो' !
यति खोज्छु सम्झनलाई, कि बिर्सिसकेर के भो' !
आफ्नै यी धड्कनहरू, भिन्न छन् यति भिन्न
बदलिएँछु म स्वयम् नै, लाचार छु स्वयम् चिन्न
म उदास भएर के भो, म खुशी भएर के भो !
यति विरान जिन्दगी छ, कि विरानी आए के भो !