Last modified on 19 जनवरी 2022, at 11:45

एउटा विरह हारेको मनलाई / वीरेन्द्र पाठक

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:45, 19 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= वीरेन्द्र पाठक |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



एउटा विरह हारेको मनलाई टुक्र्याउँछ
एउटा विश्वास त्यही मनलाई ब्युझाउँछ।

चोट भित्र डुबेको दिल एकान्तमा रुने हुन्छ
मिलनको बेला फुलेको फूल बिछोडमा झर्ने हुन्छ
साँझको सपना बिपना बनेर बिहानीमा आए
नीरस-नीरस जीवनको फूल फक्रिन सक्छ।

अँध्यारो यो भएर नै उज्यालोको आभास हुन्छ
छरिएका भाकाहरु सँगालिए गीत बन्छ
आत्मीय चाहना प्रेरणा बनेर हृदयमा आए
निराश-निराश कथा जीवनको मोडिन सक्छ।