भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

लिम्बुनी गाउँ. / राज माङ्लाक

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:17, 20 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=राज माङ्लाक |अनुवादक= |संग्रह= लिम...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


पारि देखिन्छ – गाउँ

तल खोला तरेर
उकालो लागेपछि
आमाको हत्केलामा
टुकुर टुकुर हिँडेर पुगिन्छ – लिम्बुनी गाउँ ।

त्यहाँ –
धान नाच्दै हुन्छन् तरुनी छोरीहरु
जाँडको डबुको राखेर हाक्पारे गाउँदै हुन्छन् बूढापाका
तङ्सिङ अनुष्ठान गर्दै हुन्छन् फेदाङ्माहरु

कुपीको उज्यालोमा देखिन्छ
आफ्नै सभ्यता
फलैंचामा बसेर देखिन्छ
पुर्खाको इतिहास
बाँसको टुप्पा हल्लिदा हल्लिदै देखिन्छ
आमाको माया
अझ माथि पुगेपछि देखिन्छ
नाकमा टल्किएका ढुङ्ग्री–मुन्द्री जस्ता घरहरु
र आँखा जस्ता पाठशालाहरु

त्यहाँ –
खोस्रेर हेर्‍यो भने देखिन्छ
हरेक बिहानीले छोडेका बालापनहरु
त्यहीँका जूनतारालाई जिम्मा दिएर हिँडेको सौन्दर्य
र नब्बेसालको आपत पनि

त्यहीँ छ
हार्दिकता र आत्मीयताले
छपक्क भिजेको माटो

गाउँ पुगेर ढोका ढक्ढक्याउनुस्
हिजोआज त्यहाँ
चुला छेउछाउमा बसेर लिम्बू दाजुभाइहरु
चुम्लुङ बसिरहेका हुन्छन्

यो देश हाम्रो पनि हो भनेर ।