भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मायाको बारीमा प्रीतिको फूल / कुसुम गजमेर

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:51, 22 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुसुम गजमेर |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

केटा :
मायाको बारीमा प्रीतिको फूल
केटी :
मायाको बारीमा पिरतीको फुल

केटा :
पिरती हैन प्रिती
प्रितीको फूल
केटी :
मायाको बारीमा प्रीतिको फुल
केटा :
हो तेसो
युगल :
सँगाली राखेको कुसुमे रुमाल
केटा :
बैँसालु मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो माया ठूलै पालेछ
केटी :
बैँसालु मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो माया ठूलै पालेछ
युगल :
पहाडको आँशु बोकी खोला बगे जस्तो
मायालुको आँशु बोक्ने कुसुमे रुमाल…
केटी :
लाहुरे दाइले बिदा लिए सानो रेलमा चढेर
कान्छी नानी रुन्छिन् सम्झना कोसेली दिएर
भाग्य भए भेटौँला टीकामा अर्को साल
नभए सम्झना कुसुमे रुमाल …

बसन्तको मायालु हावा चल्दा
सोह्र सत्रको उमेरमा जोवनको लहर चल्दा
कसकसैले तीतो मीठो यादहरू दिएकै होला
हो त्यही याद नै हो कुसुमे रुमाल
याद आयो ?
यौवनको गोरेटोमा पछ्यौरी कसको अल्झेछ
नयाँ चोट लागेको होइन पुरानो घाऊ बल्झेछ
बिहानीको शीतको थोपा पातले बोके जस्तो
मायालुको माया बोक्ने कुसुमे रुमाल…