Last modified on 22 जनवरी 2022, at 09:03

मोहनी लाग्ला है / कुसुम गजमेर

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:03, 22 जनवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुसुम गजमेर |अनुवादक= |संग्रह= }} {{KKC...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडा काँडा छहराको गीतले

ख्याल ठट्टा नगर अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले

कुन सन्जोग होला कुन दैब होला भेट भयो बगर
कुन गाउँ होला कुन ठाउँ होला बस्ने कुन सहर
कुन सन्जोग होला कुन दैब होला भेट भयो बगर
झलमल होला जुन ठाउँ होला काठमाडौँ सहर

जो मन उड्यो जुनतारा छुन जुनतारा टाडो छ
आकाशै बाध्न सजिलो होला मन बाध्न गार्हो छ
जो मन उड्यो जुनतारा छुन जुनतारा टाडो छ
मायाले मन बाधिए पछि फुकाउन गार्हो छ

सम्झना रहला आजको साँझ रमाइलो भेटघाट
मनको कुरा नलुकाई भन दुई बचन हाम्रो छ
सम्झना रहला आजको साँझ रमाइलो भेटघाट
तस्बिर बस्यो मनमा हाम्रो नभुल्ने जीवन भर