भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हेर न, हेर कान्छा / जीतेन्द्र बरदेवा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:28, 7 फ़रवरी 2022 का अवतरण (Sirjanbindu ने हेर न, हेर कान्छा / जितेन्द्र बर्देवा पृष्ठ हेर न, हेर कान्छा / जीतेन्द्र बरदेवा पर स्था...)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो ।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन ।
हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला ।
फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन ।

सुम्पिए हृदय तिमीलाई, हृदय मेरो नतोड ।
जीवनको बाटो छ लामो, एकलै बिचमा नछोड ।
आकाश धर्ती साछी छ, हृदयको माया तिम्रै हो ।
यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो ।

हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो ।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन ।

जोवन हाम्रो एकबाजी, फूलेको सम्झ मायामा ।
हृदयको माया मेरो, एकबाजी सुम्पेको सम्झना ।
सुम्पेको तिम्रो त्यो माया, भुलाउने छैन आजन्म ।
सम्झना राख्ने छु सधै, बाँधेको बाचा मायामा ।

हेर न, हेर कान्छा, डाडालाई फूलले ढाक्यो ।
टिप न, टिपेर एउटा, चुल्ठोमा गाँसीदेउन ।
हुन्छ लौ हुन्छ कान्छी, त्यो फूल म टिपी ल्याउला ।
फुलेको फूल झैँ तर, एकपल्ट हाँसीदेउन ।