Last modified on 10 फ़रवरी 2022, at 08:18

तारा मात्र हैन तिमीलाई / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:18, 10 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला

तिमीलाई मेरो झिलिमिली आकास नै ओढाउँला
त्यो पाउमा रङ्गीचङ्गी बसन्त चढाउँला
तिमीले पाउ टेक्ने ठाउँमा शीतका थोपा छरिदिउँला
तिमीले सास फेर्ने ठाउँमा सुवासले भरिदिउँला

तिमीलाई मेरो मुटुको यो ढुकढुकीले जगाउँला
ती नसामा जोवनको मधुधारा बगाउँला
सुकुमारी तिम्रा ओठमा ती ओठमा सँगालुँला
तिमीलाई मेरै न्यानो न्यानो अँगालोमा म अँगालुँला