Last modified on 10 फ़रवरी 2022, at 08:54

मानिसदेखि तर्सितर्सी म भागिरहेँछु / ओमकार गर्तौला

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:54, 10 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= ओमकार गर्तौला |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मानिसदेखि तर्सितर्सी म भागिरहेँछु
मलाई कोही नडाक राक्षस बनाउन

यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ
सबैभन्दा सस्तो यहाँ मान्छे बिक्छ
जगत स्वर्ग पार्छु भनी भन्ने मान्छे
बालकलाई झुक्याएर बिष पिलाउँछ

कसोरी सहूँ अन्याय धोका यस्तो
कसोरी रहूँ चुपचाप मुर्दाजस्तो

घरघरमा दानवको पूजा गरिन्छ
मन्दिरमा भगवानको हत्या गरिन्छ
यहाँ शान्ति ल्याउन जन्मेको मान्छे
कोलाहलमा चाहिँ बहुलाइरहन्छ

कसोरी पिऊँ रगत मिसिएको पानी
कसोरी जिऊँ पापलाई पुण्य ठानी