Last modified on 10 फ़रवरी 2022, at 10:02

आँखाहरुले रुन नखोजे / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:02, 10 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

आँखाहरूले रुन नखोजे
ओठहरूले हाँस्न नखोजे
जीवन
कति सुन्दर हुन्थ्यो होला मेरो जीवन

मानिसभित्र किन मन हुन्छ
मनभित्र किन चाहना हुन्छ
उदास चाहना पनि
किन इन्द्रेणी सपना हुन्छ
सपनाहरूले रहन नआए
खुसीहरूले चाहन नआए
जीवन
कति सुन्दर हुन्थ्यो होला मेरो जीवन

संसार अट्ने मुटुमा किन
माया सिवाय केही अटेन
आफूलाई भुल्न सक्नेले अहिले
अरूलाई भुल्न किन सक्तिनँ
मायाहरूले चुम्न नआए
आशाहरूले छुन नआए
जीवन
कति सुन्दर हुन्थ्यो होला मेरो जीवन