Last modified on 10 फ़रवरी 2022, at 11:11

मनमा माया तनमा माया / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:11, 10 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatNepal...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मनमा माया तनमा माया तै पनि माया खोज्न सकिनँ
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ

हर जनममा तिमीसँग मिलूँ, हर बाटोमा तिमीसँग डुलूँ
तिमीलाई अङ्गालो हालेर, संसार भुलूँ अनि स्वर्ग भुलूँ
हर पाइलामा तिम्रो हात समाऊँ, हर हाँसोमा तिम्रो साथ रमाऊँ
मन लाग्छ मलाई तिम्रो सामु रुँदै, दिन बिताऊँ अनि रात बिताऊँ

निर्मल फूलमा वसन्त जाँदा, पछ्यौरा समाई सक्दिनँ तान्न
आफ्नो मुटुको ढुकढुकीलाई, आफ्नै भनेर पाँउदिनँ मान्न
कति कति कुरा यस्ता हुन्छन्, मन लागे पनि भन्न हुँदैन
कति फूलहरू राम्रा भए पनि, तिनको माला उन्न हुँदैन

कस्तो मिलन यो कस्तो खुशी यो, रुन नहुने अनि हाँस्न नदिने
हृदय पोल्ने यो कस्तो रहस्य, खोल्न नहुने अनि बोल्न नदिने
लाग्दछ जीवन नाटकजस्तो, अभिनय हामी गरिरहेछौँ
बाँच्ने रहरलाई कुल्चिन खोजी, जिउदै हामी मरिरहेछौँ