मानिस छैनन् / सिद्धिचरण श्रेष्ठ
भर्सख्य चित्तकन एक गरेर बाँधी
हेरेँ दुवै नयनले नभतर्फ ताकी,
आकाश निर्मल थियो तर केहि कालो
बाँकी थियो अलि अली नभ त्यो उज्यालो।
त्यै शेष भाग नभमण्डलमा थियो जो
हात्ती भयो, मृग भयो, बिरुवा भयो त्यो
आकार धेर नभमा विविध प्रकार
आएर चित्रित गर्यो मनको विचार ।
आाखिर आफ्नु हृदयोदधिमा डुबेर
ल्याएँ सखे सरल सुन्दर स्वच्छ सार,
यो चित्तलाइ सब भ्रान्ति भनी बुझाएँ
चिम्ली अनी नयन खूब म हत्पताएँ ।
अैले पनी अघि भएसरि भ्रान्ति वीर
हुन्छन् तथापि बलहीन छ त्यो अधीर
मेरो विचार अब भो बलियो मजाको
मेरो यही हृदय-मन्दिरको ध्वजा हो ।
यो भ्रान्तिलाइ उसमा दिन योग्य वस्तु
संसारमा छ कि भनेर म छामि हेर्छु,
पाएँ रहेछ मन नै त्यसलाइ जोडा
जो चढ्न सक्छ सबलाइ बनाइ घोडा ।
...............................
रचनाकाल १९८६