भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँघुरो गल्ली / केदारमान व्यथित

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:50, 13 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=केदारमान व्यथित |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

गल्लीबाट असनतिर जान्छन् दाउरेहरू लागी लाम,
केही मानिस खोजिरहेछन् यताउति पसल-पसलमा काम,
नून्याहा ढाक्रे लागिरहेछन् कन्ट्रोल-पसलतिर लाम ।

'छेराउटीले लैजाने मोरा' भरखरकी लमिनी भन्छे,
आलु-कवाब-पसलकी धोंमा किन नानी, यसो हेरी सोध्छे,
जिस्किने सिपाहीको मुख, झ्यालबाट आइमाईहरु हेर्छिन् ।

राजनीति-पार्टीको ढ्वाङ् दुगुरिरहेछ फलाक्दै वर-पर
नारायण-नारायण भन्दै लागिरहेछ मगन्ते अलि बर,
जंगबहादुरको घोडा किन्ने पछारिन्छ र कराउँछ पर !

अनिकाल यताउति चाहारी अगस्त्य को मुख बाइरहेछ,
भाग्यविधाताहरुका घरमा बफे डीनर चलीरहेछ,
साढेसातको दशा लागी गाउँका गाउँ उडिरहेछन् ।

ल कमिशनको तेस्रो बैठक- खबरकागज कराइरहेछ,
मानिस दिउँसै बत्ती बाली न्याय सडकमा खोजिरहेछ,
सरकार आफ्नू सफलता रेडियोबाट भूकिरहेछ ।

'मिस्टर संपत'- को विज्ञापन गल्लीनिरको भित्ता चुम्छ,
लमिनी र सिपाही आपसमा चुरोट साटी माया बुन्छन्,
आलु-कवाब-पसलको धोंमा जिल्ल परेर हेरिरहन्छे !

...........................
एक दिन-बाट, २०११