Last modified on 13 फ़रवरी 2022, at 23:09

पिँजराको सुगा / लेखनाथ पौड्याल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:09, 13 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बालक बबुरो द्विज शुकनामा, हुँ म परेको छू पिंजरामा ।
मकन हरे ! शिव शान्ति र चैन, सपनाविच पनि रतिभर छैन ।।

मेरा बान्धव बाबु र आमा, बस्छन् वनका एक कुनामा ।
कोसित पोखू मनको ताप; गर्दै पिंजराबाट . विलाप ॥

आँसु बगाई कहिले रून्छु, कहिले मुर्दातुल्य म हुन्छु ।
कहिले पागलसरि उफ्रन्छु, केवल वनका - सुख सम्झन्छु ।

फलफुल खाई नित्य रमाई, वनमा फिर्ने बबुरालाई ।
विधिले पार्यो पिंजराभित्र, कर्म हरे ! शिव ! हुन्छ विचित्र ।।

कति फिर्दो हूँ कति उड्दो हूँ, कति कति देशान्तर डुल्दो हुँ ।
देव ! हरे ! किन बालकलाई, बन्धन पायो व्यर्थ भुलाई ॥

शीतल पानी, कुञ्जनिवास, भोजन मीठो फलको खास ।
त्यो सब हुन गो अाज बिनाश, बाँकि छ एकै मनको त्रास ॥

हरिया वनको शीतल छाया. वान्धवसंगको मोह र माया ।
खेल्नू डुल्न फलफुल खाई, सपनामय भो हाय ! मलाई ॥

वृद्ध महातुर बाबा जननी, आँसु खसाली दीन बनी ।
नित्य बैदा हुन हाय ! विधाता, तोडिदियौ किन त्यो दृढ नाता॥

वरिपरि बैरीहरू छन सारा छैन कतैतिर कोहि सहारा ।
के गरूँ कसरी उम्की जाऊँ कोसित मनको दर्द बिसाऊँ ॥

यो सब गगनै भरमा खास. जसका हन्थे भोग-विलास ।
उसको अब हा ! जीवन पात्र, केवल सानो पिंजरा मात्र ॥
१०
पिंजरा फोडू भनिकन चुच्चो, बलसंग धस्ता भो सब बुच्चो ।
बेसरी कुँजिए पक्ष र पाउ, कसरी अब हा ! काल बिताऊँ ॥
११
कहिले ठण्डी कहिले धूप, कहिले बकबक कहिले चूप ।
बालकहरूको मन अनुसार, हुन्छ निरन्तर भाग्य-विचार ॥
१२
भाग्यतमाशा जब सम्झन्छु, अनि पछि सिल्लीतुल्य म हुन्छ ।
आँसु बहन्छन् छाति चिरिन्छ, चित्त निरन्तर रोइरहन्छ ॥
१३
उठ्तछ मनमा घोर तरंग, सबतिर हेरी हुन्छ भरङ्ग ।
प्राण नजाने काल नआई, के गरूँ कसरी बाँचू हाई ॥
१४
खानु छ खाली तौली धान, त्यो पनि आधा पेट छ जान ।
हेर्दछु भाँडो पानी छैन, भोगिरहेछु यस्तै चैन ॥
१५
शुष्क छ घाँटी बन्धन चर्को, बोल्नै पर्ने झर्को अर्को ।
बोलि नबोले लट्ठि उजाई, हुन्छ तयारी पिट्नालाई ॥
१६
यौटा भन्दछ यो हो पाजी, अर्को भन्दछ यो छ विराजी ।
भन्दछ तेस्रो 'आत्माराम, पढोपढ़ो जी ! राखो नाम' ॥
१७
यो कस्तो हो ? कसरी आयो ? बसिकन पिंजराबिच के खायो । .
यो सब बुझ्ने कोही छैन, हाय ! यसैले मन रहँदैन ॥
१८
जीवन भी बन्धनभित्र, बोल्नैपर्ने बोलि विचित्र ।
तैपनि चारा आधा मात्र, देव ! रहेछौ करूणापात्र ॥
१९
देव ! दिएथ्यो तिमिले एक, मीठो बोल्ने शक्ति विवेक ।
पाइरहेछु सोहीद्वारा, बन्धन, गाली. धम्की सारा ॥
२०
मकन दिलाई संकट जेल, मानिस गर्ने कौतुक खेल ।
यो कस्तो हो पापाचार, दीनदयालो ! लाऊ पार ॥
२१
गुणको वैरी मानुषजाति, शुष्क गराई गुणिको छाती ।
प्राण पखेरू नलिएसम्म, खुश किन हुन्थ्यो ? हाय ! अचम्म ॥
२२
पृथिवी तलमा यौटासम्म, मानिस बांकी रहँदासम्म ।
तुच्छ सुगाको जन्म नदेऊ, दीन दयालो ! बिन्ती लेऊ ॥
२३