भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जन्मभूमि-महिमा / बालकृष्ण सम

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:15, 13 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


पाउको नङले माता, लेख लौ एउटा कुरा
मेरो ललाटमा : मर्ने बेलामा म मुकुन्दको
मुख हेरेर यो आँखा पाऊँ चिम्लन शान्तिले ।
यसको निम्तिमा माता, देऊ सद्बुद्धिको वर
मुकुन्दलाई । त्यो तिम्रो भक्तलाई, दया गरी
नदेऊ यतिका विद्या बढखर्ची हुने गरी,-
हिंड्ने के धर्म के पाप के चोखो के जुठो भनी
नबनाऊ महात्मा, जो भिन्न देख्तिन भन्दछ
परचक्रीहरूलाई र आफ्नो बाबुलाई नै,
जननी जन्मभलाई रण्डीलाई विदेशका;
नदेऊ यतिका विद्या पैसा र रुपियाँ दुवै
सरोवर गरी छान्नै नसक्नेसम्म नास्तिक
हुने गरेर जो वेदलाई कुल्चन सक्तछ,
आमाको बीच छातीमा जो कीला ठोक्न सक्तछ ।
यत्तिमात्र तिमी देऊ जुन पाएर सुस्तरी
त्यो आफ्नो आमदानीले पाओस् छाउन जिन्दगी;
जुन मन्दिरमा जन्म्यो त्यहीं धूप भएर त्यो
हावा पवित्र पारोस्, वा जानोस् अन्तसमेत त्यो
उडेर वा त्यहीं मात्र रुमल्लेर रहोस्; अरू
जति बढ्ता तिमी फेरि चाहन्छ्यौ दिन, शुद्ध त्यो
केटाकेटी हुँदा लाटा भक्ति प्रीति दया जहाँ
बाल्दथ्यो त्यसमा तो ती बाठा तेल त्यहीं थपोस् ।
त्यल्लाई शान्तिको भिक्षा देओस् कर्तव्यकर्मले
आमाको सुखमा देप्रोस् सुख नै दुःखले पनि,
नामाको दुःखमा डामोस् हिउँझै सुखले पनि,
डेरामम्म गरी फर्कोस् स्वर्गलाई समेत त्यो,
जन्मभूमि बनोस् अाफू, आफू होस् जन्मभूमि त्यो !

मुकुन्द इन्दिरा, १. ३.६६-६७,१६६४