भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हे राम ! / कुन्दन शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:51, 15 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


यो आहत अभिमान लिएर
पस्न चाहन्नँ म
पृथ्वीको गर्भमा फेरि
यही बाँचेर
तिम्रो प्रत्येक निर्णयको औचित्यलाई
चुनौती दिनेछु
म तिम्रो तिरस्कार गर्छु ।
म शक्ति र सरस्वती थिएँ
म मेनका, उर्वशी भएँ
म कुन्ती र द्रौपदीमा पनि जन्मिएँ
तर तिमीले मलाई सीताकै रूपमा किन रोज्यौ ?
किनकि
म जानकी
पुरुषमापदण्डको उच्चस्तरीय कसौटीमा उत्तीर्ण
नारीको असहाय रूप
एउटा उत्कृष्ट बलिदान भइदिएँ ।
तर आज म मेरो अस्तित्व चाहन्छु
मलाई स्वीकार छैन अब
तिम्रो कुनै प्रश्न
कसैको कुनै आक्षेप ।
सम्बन्धको विश्वास
जनमतलाई सुम्पिँदा
हे मर्यादापुरुष ।
तिमी किन डराएनौ
नारीअस्तित्वको मर्यादा
यसरी अपमानित गर्दा ?
के तिमीलाई थाहा थिएन
तिम्रो अधिकारको सीमा ?
शङ्काको रेखा छुदा नै खतम हुनुपर्यो ।
फेरि मायाको यो नचाहिँदो मोहजाल किन ?
 मेरो आत्मसम्मानलाई चाहिँदैन
तिम्रो कुनै संरक्षण अब
तिमी मेरो लायक नै थिएनौ
हे राम!
म तिम्रो त्याग गर्छ आज!