भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मातृभूमि / कुन्दन शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:56, 15 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


हैन, यो देशलाई
मातृभूमि किन भन्छौं हामी ?
आमालाई त कुनै महत्त्व
दिदा रहेनछौं हामी
हाम्रो जीवनमा ।
पुरुषवीर्यलाई
आफ्नो गर्भ दिएपछि
जन्माएर हुर्काएपछि
अरू केही लिनदिन पाउँदिनन् उनी
अस्तित्वबाट ।
उनी त फगत थपना रहिछन्
पूजाकोठाको प्रतिमाझैँ
हात जोडेर ढोगेपछि
त्यही ढोकाभित्र बन्द हुने श्रद्धाझैँ ।
हैन, यो वंशको अधिकार
पुरुषले नै पाउनुपर्छ भनी
कसले तोकेको ?
आफ्नै शरीरमा
त्यो वंश हुर्काउने नारी
भावनाका सर्वस्व दिएर बाँच्न सिकाउने स्त्री
कुन अर्थमा असमर्थ ठहरिन्छे
सोही वंशको संरक्षण गर्न फेरि ?
नभन कुनै माटोलाई
आमाको काख अब
यो काखको
कुनै हक छैन
हाम्रो जीवनमा
हैन भने,
अरू बालिगअधिकारसरह
रोज्न देऊ सन्तानलाई
आमा वा बाबुबीच
आफ्नो बंश आफैं
अस्तित्वको पहिचान
र आफू बाँच्ने माटो
चुन्ने स्वतन्त्रता
मानिसको निजी हुनुपर्छ ।
नत्रभने
नभन कुनै देशलाई
मातृभूमि अब
मेरी आमासित त
कुनै भूमि नै छैन
सन्तानलाई उभिन दिने यहाँ ।