भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झण्डा / इन्दिरा प्रसाई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:57, 16 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मेरो झण्डालाई
तिमीले बात लायौ
लात पनि हान्यौ
घुस्सामुक्का
जेजे सक्थ्यौ
त्यही त्यही गरिरह्यौ
चोकचोकमा जलाउने
दुस्साह पनि गर्यौ
मेरो अमर झण्डा !
मैले खोकिलामा
मेरो झण्डा थन्काएँ
झण्डा जोगाउन
खोकिलै लुकाएँ मैले ।
भरखर थाहा भो
तिम्रो झण्डा त
राक्षस पो रहेछ
राष्ट्रभक्षी महाराक्षस।
त्यसैले यतिबेला
मेरो झण्डा
खोकिलाबाट निस्केर
सिमानामा पुगेको छ
मेरो झण्डा त
धारिलो खुकुरी नै रहेछ ।
हेर त !
अहिले धमाधम
महाराक्षसको घाँटी रेटिरहेछ
मेरो झण्डा !