Last modified on 16 फ़रवरी 2022, at 16:18

तिमी हुनुको (अंश - १०) / इन्दिरा प्रसाई

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:18, 16 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कौसीमा एक जोडी आँखा
बार्दलीमा एक हूल आँखा
मलाई दृष्टिघात गर्दा छन् ।

सजातीय आँखाहरू
तिमीसँग गाँसिएको मेरो प्रभुत्वलाई
सबल मेरो ज्युनुसँग
ईर्ष्याले ग्रस्त छन् ।

आफूले ओढेको आकाश
साँघुरो टेकेको धरती
मैले फराकिलो पारेँ भनेर
ऊ मलाई हेर्दिन ।

आफ्ना कुण्ठाका तुषहरू
मैमाथि फाल्दा छन्
पराजित मनस्थिति बोकेकाहरू
मैसित आक्रोशीत आउँदै छन् ।