प्राप्तिका शिखरहरू
यताउति छरिएका छन्
टेक्तै अग्लिन्छु
चुलिन्छु पनि कहिले ।
कुनै धुन छैन मसँग
निस्तो ढिँडोको पनि स्वाद हुन्छ
तिमी भोकाएका बेला
गीतका बोलहरू रुन्छन्
मसँग अर्थको कुनै अर्थ छैन
चाहको पनि म्याद हुँदोरहेछ
म रित्तो समुद्रजस्तै छु ।
ममाथि एउटा पहाड
ढसमस्स उभिएको छ
ऊ अँगालो मार्छ
अप्राप्तिको जङ्गल ढाकिएको
उसको अस्तित्वले
म निस्तेज भएछु ।