व्यर्थैको आकर्षणमा भौतारिएँछु म र आफैँले आफूलाई गुमाएँ, भेटेँ भनेर ।
पानीफोका समातेका औँलाहरूको प्राप्तिलाई अहङ्कारको बादलले अकास्याउन खोजेँ आँखा बन्द गरेर ओरालो कुदेँछु म ।
दहमा चोपलिएको आफूलाई जति निकाल्न खोज्छु उति भासिँदै छु ।
समय भुसुक्क बितेछ अहिले हत्केला रित्तो मात्र छ । • तिम्रो साथको कुनै भाका छैन ।