भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - ३२) / इन्दिरा प्रसाई

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:05, 16 फ़रवरी 2022 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

व्यर्थैको आकर्षणमा
भौतारिएँछु म
र आफैँले आफूलाई
गुमाएँ, भेटेँ भनेर ।

पानीफोका समातेका
औँलाहरूको प्राप्तिलाई
अहङ्कारको बादलले
अकास्याउन खोजेँ
आँखा बन्द गरेर
ओरालो कुदेँछु म ।

दहमा चोपलिएको आफूलाई
जति निकाल्न खोज्छु
उति भासिँदै छु ।

समय भुसुक्क बितेछ
अहिले हत्केला
रित्तो मात्र छ ।

तिम्रो साथको कुनै भाका छैन ।