हिमालमा राखेको तिम्रो रूप
बिस्तारै खस्तै छ
म चुपचाप 
थोपामा परिणत तिमीलाई
चिनेको नचिन्यै गर्छु । 
बाफ बनेर उडे पनि तिमी
बरु म आँखाको तृष्णा 
स्वाद लिन्थेँ र रमाउँथेँ ।
गलेर झोलझोल 
टुकुचामा बगेपछि तिमी
फाल्तू तिम्रो त्यो आकार 
म समात्न सक्तिनँ । 
आकारहीन तिम्रो आकारमा
पिरिनुपरेको छ मैले ।
•
एउटा अनर्थजस्तो 
तिमीलाई भोग्दै छु म ।