Last modified on 16 फ़रवरी 2022, at 21:46

झस्किएछ मन मेरो / भैरवनाथ रिमाल कदम

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:46, 16 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भैरवनाथ रिमाल कदम |अनुवादक= |संग्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

झस्किएछ मन मेरो, झझल्कोमा तिम्रो
आशा किन पलाएछ, कल्पनामा तिम्रो

बालिदिन्छु दीप यहाँ, तिम्रो सम्झनामा
आँधी आई निभाइदिन्छ, रातको शून्यतामा
आशा किन पलाएछ, कल्पनामा तिम्रो

काँच जस्तै चर्किजाने, भाग्य मेरो रहेछ
बगिजाने खोला जस्तै, चाहना यो लाग्छ
आशा किन पलाएछ, कल्पनामा तिम्रो

झस्किएछ मन मेरो, झझल्कोमा तिम्रो।
आशा किन पलाएछ, कल्पनामा तिम्रो।