Last modified on 17 फ़रवरी 2022, at 15:22

होसियार, यस बखत समयको मूल्यलाई चिन / अम्बर गुरुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:22, 17 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= अम्बर गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

होसियार यस बखत समयको मूल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफूलाई चिन
होसियार

चिन्नै त पर्छ आफैलाई चिन्दैनौ आहिले नै किन
बितेपछि बित्यो बित्यो पाइन्न फेरी त्यो लिन
होसियार

यो बेला यस्तो बेला हो
यो बेला यस्तो बेला हो सम्हार साथमा उभेको
छलीले अङगालो हालेर पछाडि छुरी धसेको
जो रामको भेष धरेर रावणको कर्तुत गर्दछ
त्यो तिम्रो फुलबारीको बिशालु सर्प हो चिन
होसियार यस बखत समयको मूल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफूलाई चिन
होसियार

यस्तो नहोस् कि घाम जुन
यस्तो नहोस् कि घाम जुन बिना तिमी कतै चम्क
कपुतको साथ लागेर आफ्नै घरलाई तिमी लुट
यो देश पृथ्वीको रङ बिरङी फुलबारी हो
प्राण भन्दा प्यारो देशलाई सम्भाल्ने भार तिम्रै हो
होसियार यस बखत समयको मूल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफूलाई चिन
होसियार