Last modified on 17 फ़रवरी 2022, at 16:33

नेपाली हामी रहौंला कहाँ / माधवप्रसाद घिमिरे

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:33, 17 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उँचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे

तराई हाम्रो सुनको टुक्रा, हिमाल हीराको
माटो र पानी पहिलो धन धर्तीका छोराको
ए कहाँबाट हेरौंला संसार सन्झ्यालै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

दशै र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
हिर्दय हाम्रो जुर्मुराउँछ जीतको झ्यालीले
बैंसको तालमा नाचौंला कहाँ मादलै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे

आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न
पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न
बिम्झौला कहाँ, पूर्वको पैलो उज्यालै नरहे
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे