Last modified on 18 सितम्बर 2023, at 20:40

ए मलाई माया गर्छु भन्ने हजुर / गोपाल योञ्जन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:40, 18 सितम्बर 2023 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाई पुगेन मलाई
बरू आई मलाई सताउने गर

भावनामा नआऊ तिमी यादमा नआऊ
तन्नेरीको सपनाजस्तै निस्वादमा नआऊ
प्रीतिको फूल टिप्न पर्छ भने
काँडादेखि डराई नभाग्ने गर

मान्छे केके भन्छन् तिमीलाई, मनले के के भन्छ
साँचो कुरा भन मलाई, एक दिन त भेट हुन्छ
नलुकाई मनका सारा विम्वहरू
मन खोली मलाई देखाउने गर