भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कहाँ हुन्छ आफ्नो माटो बिरानो / रीता खत्री

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:43, 10 जुलाई 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रीता खत्री |अनुवादक= |संग्रह= }} {{KKCatG...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कहाँ हुन्छ आफ्नो माटो बिरानो
आफू हिंडेको त्यो बाटो बिरानो ।

जति बिर्सूं भन्छु उति याद आउँछ
सुदूर सम्झनाको छ पाटो बिरानो ।

मेटेर कसले कहाँ मेट्न सक्छ
हुँदैन मायाको खाटो विरानो ।

खै कसरी रोपूँ म स्नेहको बिउ
छ आफ्नो मनको राटो बिरानो ।

सम्झनामा चसक्क सधैं देश दुख्छ
कहाँ हुन्छ गुन्द्रुक र आँटो बिरानो ?