भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सम्बन्धन / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:55, 25 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=इत्...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अपूर्ण छ प्रत्येक अस्तित्व

जो जति धेरै अस्तिस्तवान छ
ऊ त्यति नै बढी अधूरो छ ।

जीवनकालभरि खोजिरहन्छ हरेकले
आफ्नो पूर्णताका लागि
आफूमा खाली भएको ठाउँ भर्ने कुनै सम्बन्धको ।

घामजून अपूर्ण छन्
र खोजिघुम्छन् आफूलाई पूर्ण गराउने यात्राहरू,
पृथ्वी अपूर्ण छ
र घुमिहिँड्छ आफूलाई पूर्णता प्रदान गर्ने ऋतुहरूको खोजीमा,
हरेक मानिस अपूर्ण छ
र खोजीबस्छ आफ्नो पूर्णताका अनेकानेक अवयवहरूलाई ।

अनेकौँ अनेकसँगको सम्बन्धबिना
अधूरो छ जे केही पनि
अपूर्ण छ जो कोही पनि ।

अरूसँगको सम्बन्ध बिना अपूर्ण छन्
हामीले मानिआएका जुनसुकै ईश्वर पनि ।