भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनवृत्ति / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:06, 25 अगस्त 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गीता त्रिपाठी |अनुवादक= |संग्रह=इ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

 
आगोको विलयमा
लयबद्ध छ चुराहरूको नर्तन
च्यापिएका धूनहरूसँग
अभावै अभावका बेहिसाब प्रतिध्वनिहरू ।

यो कस्तो निशब्दता भोका गीतहरूको
जिन्दगी, जहाँ लागिरहन्छ-
आगोसँगको खेल र धूवाँसँगको सम्झौता।

पिल्सिएका पेटहरूबाट
निस्किरहने ज्वालाजस्ता संवेदनाहरू
झिल्सिएर पटुकीभित्रै सल्बलाइरहने भोकहरू
फैल्याएर खोस्टाझैँ नङ्ग्याउन कठिन पिरहरूको सुगन्ध
मग्मगाइरहने तृप्तिको तृष्णामा
जीवन-सङ्गीतको अपूर्व अनुबद्धता।

सहस्र बँचाइहरूका निम्ति यसरी नै
उत्कर्षमा छन् सधैँ- आमा, चुरा र चिम्टाहरू !