उजाड हृदयको उदास गल्लिबाट
युगौं पहिले
उडेर गएको थियो एउटा विवश चरा !
बादल फाटेर चकमन्न आकाश खुलेको दिन
कतै दूर क्षितिजमा
निर्निमेष हेरिरह्यो भने
देखिन्छ रे आँशुले लत्पत एउटा आकृति !
हुन पनि सक्छ
नहुन पनि सक्छ
तिम्रो यादमा भिजिरहने मेरो आँखाको परेला
सायद
त्यही अभागी चराको प्वाँख हो !
०००