भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अब त जौँ कान्छी घर / मित्रसेन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अब त जौँ कान्छी घर
बाटो छ उकाली ओराली

हे, अँधेरी खोला गुएँली पाक्यो
है माया, चरीले चाखेको
दिलै लगाउनु सीपैमा छैन
है माया, बचनै राखेको

तालको र माछा तालैमा रह्यो
भ्यागुता पाखैमा
अरूलाई दिउँला मोहडा र कुर्सी
कान्छीलाई काखैमा

बोलाउँदा बोल्दैनी गुरुङसेनी मायाले

बटौलीको बजारैमा सुका धार्नी मासु
तिम्रो छोरी मैले लगेँ टीका लाइ’देऊ सासू
चुईँ चुईँ चुँइकिने जुत्ता हरायो रोदीमा
चुईँ चुईँ चुँइकिने जुत्ता हरायो रोदीमा

तल्लो घरमा खसी काट्यो तानिहाल्यो खुट्टा
के माँग्छौ सोल्टी नानी ऐडीवाला जुत्ता
चुईँ चुईँ चुँइकिने जुत्ता हरायो रोदीमा
चुईँ चुईँ चुँइकिने जुत्ता हरायो रोदीमा

हे, अब त जौँ कान्छी घर
बाटो छ उकाली ओराली
अब त जौँ कान्छी घर
बाटो छ उकाली ओराली