भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आज मेरो दिलमा / वीरेन्द्र पाठक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


आज मेरो दिलमा एउटा कुरा गढेको छ
उनीसङ्ग जिउने मेरो रहर बढेको छ।

फूल भन्दा सुन्दर छबि देखेर नै होला
सौर्न्दर्यको खोजी मनले बन्द गरेको छ ।

माया गर्छु भन्ने धेरै देखेँ दुनियाँमा
आज नमेटिने प्रेमको रङ्ग चढेको छ ।

होहल्लाथ्यो सहरको भित्र र बाहिर
आज शान्त मन्दिरमा घन्टा बजेको छ।

रमाइलै रमाइलो अब जिन्दगीमा
आज खुशी छेक्ने सारा डेरा सरेको छ।