नेपाल नेपालीको मुटु हो भने
प्रत्येक नेपालीलाई सबभन्दा पहिले
नेपाल दुख्नुपर्छ ।
तर खै !
नेपाल हामीलाई दुखेकै छैन;
दुखेको छ त केवल
आफ्नै मुटु दुखेको छ ।
त्यस कारण हामी अझै पनि
आफ्नो देशको माटोभन्दा बेसी
आफ्नै मुटु-पीडित छौं ।
अत: आऊ हामी सबै मिलेर
यो मुटुको व्यथाबाट पार पाउने
एउटा काम गरौं ।
आफ्ना तमाम निजी मुटुहरूलाई
हामी जन्मेकै माटोमा सारिद्यौ
अनि सम्पूर्ण राष्ट्रको लागि
हामी सबैलाई एकैचोटि दुख्ने
एउटा मीठो राष्ट्रिय पीडा उमारिद्यौं ।