Last modified on 3 मई 2020, at 12:29

एक बाजी रित्तिई भरिन चाहन्छु / गीता त्रिपाठी

एकबाजी रित्तिई भरिन चाहन्छु
सुनौला किरण भै छरिन चाहन्छु
मेरो मैलो मन हराएर कतै
म फेरि नयाँ याम छरिन चाहन्छु
 
सबै जालझेल सबै अनमेल
सबै फाली मनका षडयन्त्रका खेल
अभियान एउटा म चलाउन चाहन्छु
म फेरि नयाँ याम छरिन चाहन्छु
 
म काँढाहरू सब फुलाउन चाहन्छु
सबै बन्द मुहान खुलाउन चाहन्छु
मेरो मनको क्षितिज उघारेर सधैँ
म फेरि नयाँ याम छरिन चाहन्छु