भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
ऐना हेरी कराउन थाले मान्छे / मनु ब्राजाकी
Kavita Kosh से
ऐना हेरी कराउन थाले मान्छे
आफूसँगै डराउन थाले मान्छे
मसानमा बसे बरू ढुक्क होला
घरबाटै हराउन थाले मान्छे
हाँस्दाखेरि रगतमा भिज्नुभन्दा
आँसु मनपराउन थाले मान्छे
चराएन पशुले त पशुलाई
अब मान्छे चराउन थाले मान्छे
केही गर्न बाँकी कहाँ रहेको छ ?
यस्तो पनि गराउन थाले मान्छे !