भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कोर्राका नीलडामहरु / विमल गुरुङ
Kavita Kosh से
यातनायन्त्रको अर्को रुप हो
यातनामा मान्छे पागल बन्छ
यातना बाटो पनि !
झिल्काको प्रवाहमा
पसिनाका छालहरुमा धसिएपछि
मान्छे अनुबाद एउटा फलाममा
भो ! भो !
तिम्रो यो कोर्रा नघुमाऊ
कोर्राका नीलडामहरु
मेरो शरिरमा टाँसिएका छन्
सरदार !
यो मेरो घर हो !
यो घर आकाशका ताराहरुको हो ।
सरदार मलाई दिन/ रात हेला मात्रै किन?
राम्रो भयो !
मेरो कायरताहरु कतातिर हराएँ?
यो छाला बाक्लो भएको छ, दुख्दैन
भो ! भो !
बेकारको काम किन?
लग फर्काएर त्यतैतिर
मलाई ठटाउन
तिम्री प्यारी
पत्नी साहेबले दिएको डण्डा ।