गाउँको पहिरो / ज्योति जङ्गल
झरेको छ अग्लो डाडो
थाकेर उचाइबाट
सगसगै अंगालिएर खसिरहेछन्
स्कुले केटाहरुको अंगालो झैं माटो र ढुंगाहरु।
कति उभियोस उपेक्षित
थामेर आफैं उमि्रएका विरुवाहरु
तल गोरेटोमा हिड्नेहरु त
हिडिरहे मात्र इतिहास जस्तो
घाससगै काटिइरह्यो ऊ,
दाउरासगै चोइटिइरह्यो ऊ,
सौन्दर्य समेटेर
उभिइरहेकै हो वर्षौं
तर घामले जस्तो
आफ्नै मात्र बाटो बनाए निष्ठुरी मान्छेहरुले
बसाईं हिड्नेले
अन्तिमपल्ट
आखा पनि नफर्काइ भागिरहे
कहिलेकाही बहकिएका
चरासम्म बसेहुन् डाडाको रुखमा
नत्र त यो क्षितिज साक्षी छ
भत्कनुअघि
उ कतिपल्ट विक्षिप्त चर्किरह्यो।
चिराचिरा छिचोलेर
उसको छातीमा
हजारौं साल झरी पस्यो
र
तल कुनै खोल्सामा
मूल बनेर उमि्रयो।
उस्ले छलेको आधीले
प्रत्येक साल उसैलाई जिस्कायो
र हिड्यो
पानी पिउनेहरुले पनि सम्भि्कएनन्
सगै जिउँनहरुले पनि सम्भि्कएनन्
सबैलाई सम्झदासम्झदै
उ आफैं भत्किएको
कति शालीन विद्रोह
कति साक्षात विग्रह !
यो पहिरो
भत्किनुमा नै कति सुन्दर छ।