गाउँछौ किन ? / जनार्दन सम
गाउँछौ किन गीत, भन्दै सोध्छ्यौ मलाई ए वियोगिनी !
सुप्तमन जगाउन गाउँछु, सुन लौ ए अभिमानिनी !
तिमी पो जगको वास्ता लिन्नौ आँखा चिम्ली सपना देख्छ्यौ
यहाँ त नित्य पसिना बग्छन् चल्छन् गुनिला हातहरू ।
विरह निभाउन गाउँछु, सुन लौ ए अभिमानिनी !
तिमी पो आफ्नो विरह उठाई संसारलाई असार देख्छ्यौ
फूल यहाँ फुल्छन् सुगन्धी धानका बाला झुक्तै झुल्छन्
सम्बन्ध जुटाउन गाउँछु, सुन लो ए वियोगिनी !
तिमी पो प्रणयको गिल्ला गछ्यौ मद उकेली फोड्न मेरो वीणा
भग्नहृदयको झन्कार सुनेर रुने पनि ता छन् यस जगत्मा
अश्रु-अमृत झार्न गाउँछु, सुन लो ए अभिमानिनी !
तिमी पो विरागबहाना झिक्छ्यौ रीस रागले रंगिरहन्छ्यौ
यहाँ त हितका सुर सुनिन्छन्, राग भरेका हावा बज्छन्
अनुराग छर्न म गाउँछु, सुन लो ए वियोगिनी !
गाउँछौ किन गीत, भन्दै सोध्छ्यौ मलाई ए वियोगिनी !
सुप्तमन जगाउँछु, सुन लौ ए अभिमानिनी !
................................................
मेरो अपराध-बाट, १०१२