भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गृहनगरको एउटा पागल / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो बिरानो बिदेशी शहर
सम्झीरहेछु गृहनगरको एउटा पागल
गोरो र ठुलो दारको त्यो खाईलाग्दो मानिस
उसलाई कहिले ट्राफिक चोक त
कहिले वरगाछीमा देख्थें ।

एकदिन राजमार्गको डिभाइडरमाथि उभिएर
सातो जाने गरी ’भांऊ’ गरेर
तर्र्साएको सम्झन्छु
हरेक बाटो म मिसीदा, छुट्टिदा
ऊ सधैं सधैं देखिन्थ्यो
शहरको हर कोणको तस्वीरमा
मानौं ऊ स्थापित थियो ।

त्यो भ्याप्ले ! देख्दा सधैं तार्किन्थे
सोच्दथें, कहाँ वस्दो होला
चिसो रात कहाँ विताउदो होला
खान कस्ले नियमित दिदों होला
त्यतिका वर्ष गृहनगर वस्दा
मैले एकदिन उसलाई दिन सकिन
उसबारे वुझन, जान्न कहिल्यै फुर्सद भएन
मन लाग्थ्यो, विचार आउथ्यो, क्रमश सेलाऊथ्यो ।

आर्यमूलको हिमालजस्तो मान्छे
तराईको तातो शहर
कहिले टोपी लाएर
के के हो , के के भिरेर
शहर समृद्ध बनाईरहेथ्यो ।

पागलको परिभाषामा
ऊ कहिलेबाट रुपान्तरित भयो ?
बाटो, चोक, गल्ली, मोडनै
उसको घर र कार्यालय भयो ?
उसका आफन्त कहाँ होलान ?
के उसलाई पागलखाना लगियो होला ?
कि ऊ पागलखानाबाट भागेको हो !

आज पनि यो सब बुझ्ने
एकदिनको फुर्सद छैन
मानौं,ऊ शहरको मनमौजी रुख हो
जसलाई सबै शहरवासी चिन्छन ।

शहरको अस्तित्वमा ऊ मिसिएको छ
धुलो,माटो र पानीमा घोलिएको छ
ऊ हिड्छ, बोल्छ, हास्छ, खान्छ
यावत सबै हामी जस्तै छ
ऊ शहरको आफ्नो हो
कसैले मानुन या नमानुन !
खान