जीवन भनूँ त घात छ
मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति ?
हरगीतमा चित्कार छ
न बास छ, न आश छ
मान्छेहरूकै त्रास छ
जहाँ म खोज्छु उठूँ भनेर
त्यहीँ असारे भास छ
अँध्यारो छ, ओह्रालो छ
खेद्नेहरूकै लाम छ
चर्किसके चाहना सबै
दुख्ने मुटुचाहिँ बाँकी छ