भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ज्ञान गर ध्यान यति / मित्रसेन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ज्ञान गर ध्यान यति
मूर्ख अज्ञान तिमी सोँच गर न !

नक्सालैको बजारैमा जुत्ता बेच्ने थोकी
दुइटी स्वास्नी राख्दा खेरी दुःख पाउने हो कि
एउटीलाई फकायो भने रिसाउँछे है आर्की
अब सोँच गर न !

ज्ञान गर ध्यान यति
मूर्ख अज्ञान तिमी सोँच गर न !


चर्को फेसन नगर् नानी, न हो रानी चरी
हेर्छन् सबै ठाँट-लबार अघि सरी सरी
जोगिनी झैँ हिँड्छौ दली पौडर् मुखभरि
तिमी सोँच गर न !

ज्ञान गर ध्यान यति
मूर्ख अज्ञान तिमी सोँच गर न !

रातभरि जुवा खेली खोलैमाथि सुति
रक्सी खाई बिजेत परे पत्लुनैमा मुती
यस्तै बानी पर्नाले त भाग्य गयो फुटी
अब सोँच गर न !

ज्ञान गर ध्यान यति
मूर्ख अज्ञान तिमी सोँच गर न !

अति भयो दाजुभाइ अति येल्लाई थुन्न
बनाई फुङ्ग बुङ्ग
अब सोँच गर न !

हे, ज्ञान गर ध्यान यति
मूर्ख अज्ञान तिमी सोँच गर न !