Last modified on 12 नवम्बर 2017, at 11:59

तिमीले त हैन तिम्रा भाकाहरुले / क्षेत्रप्रताप अधिकारी


तिमीले त हैन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन्
मैले पनि हैन मेरा अँखाहरुले
तिम्रो लागि रोइसकेछन्

त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा पनि जाँदै नजाने
माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो
रुँदा पनि जाँदै नजाने

एकोहोरो माया हो कि के भनेर सोध्नु
मलाई पीर पर्नु पर्‍यो नि
सपनीमा त्यति गाढा बिपनीमा टाढा
यो मायाले गर्नु गर्‍यो नि