Last modified on 16 फ़रवरी 2022, at 16:35

तिमी हुनुको (अंश - १७) / इन्दिरा प्रसाई

कसैले सोध्ने पनि छैन
कसैले भेट्ने पनि छैन ।

रीतजस्तो बाँच्नेहरू छन्
म झुक्किएको अतिथिजस्तो
फर्कन पनि सक्तिनँ
बस्न पनि सक्तिनँ
तपसीलका नियम पुर्याउन
कसै गरे पनि सक्तिनँ ।

तिमीले दिएको घर्षणको ओबानोपनजस्तो
फाल्तूफाल्तू मान्छे
नभएको भए के हुन्थ्यो ?

सृष्टिको सानो गल्तीले
ठूलो पीडाको भागिदार
बेतुकको कुराजस्तो ।

सबै अनर्थ छन् ।