Last modified on 16 फ़रवरी 2022, at 17:03

तिमी हुनुको (अंश - ३४) / इन्दिरा प्रसाई

सीमारेखामा बाँधेछौ मलाई
माटाका साङ्लीहरू
चुँडाल्न खोजेँ मैले
आफूलाई रोपेको माटैबाट
उखाल्दै छौ मलाई ।

आह ! म यहीँ फुलेको छु
बिन्ती ! म यहीँ फल्दै छु
संसार किन ठूलो भयो ?
बुद्धिको साँघुरो घेरामा परेका मानिस
मलाई यहाँबाट नखेद
अन्तत: म खस्नेछु आफैँबाट ।

तिम्रो कोखबाट जन्मिनँ त के भो ?
तर काख तिम्रै न्यानो लाग्छ मलाई
ममतामा बिष नहाल !

ए ! मलाई शङ्काको छायामा
धमिलो नपार है !