भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - ३७) / इन्दिरा प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आवाजको प्रतीक्षामा
कल्पकल्पान्तर बिताएकी छु
स्निग्ध तिम्रो रूपको कामनालाई
तिर्सनाले सजाएकी छु ।

आँधीहुरी बिताएपछि
तिमी नजिकनजिक हुनुपर्ने
एउटा दूरी टाँगिएको छ ।

हामीबीच संवाद छैन
टाढा देख्दै छु तिमीलाई
सुनसानसुनसान छ वसन्त पनि
ओइलाएझैँ देख्तै छु
कामिनी कोपिलाहरू ।

स्पर्शानन्दको अनुभूतिमा
डुबेँ धेरै बेर कल्पनामा
हिजोका सबै सत्य अब
झूटाझूटा लागिरहेछन् ।


तिमीलाई यस बेला
मेरो अस्तित्वको सम्झना छैन ।