Last modified on 16 फ़रवरी 2022, at 16:33

तिमी हुनुको (अंश - ७) / इन्दिरा प्रसाई

कहिले आस्थामा रोएँ
कहिले अनास्थामा रोएँ
आँसुको पोखरी सुकेपछि
बालुवाका थुप्राहरूमा रोएँ ।

मनको आगो तापेर
मनमनै चिसिएँ
आफूले उभ्याएको
आफ्नो अस्तित्वको परखाल लडेपछि
आफैँभित्र आफूलाई हराएँ ।

कहिले तिमी हुँदा रोएँ
कहिले तिमी नहुँदा रोएँ
आलापविलापको रागमा
बेसुरको बिनायो बजाएँ ।